२२ भदौं, मेचीनगर ः १३ दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज शोकसभा भएको छ । १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
सोहि अनुसार भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा झापाको मेचीनगर— ०६ काँकरभिट्टास्थित ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित पाँच दिने निःशुल्क राजयोग मेडिटेशन शिविरको चौथो दिन घटनामा परी दिवंगत भएकाहरुको १३ औँ दिनको पुण्य तिथिमा आयोजित शोकसभामा घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत सवैप्रति भावपुर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा हार्दिक समवेदना र घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित वेपत्ताजनहरु चाडै सकुशल सम्पर्कमा आउने कामना गरिएको छ ।
निक्कै समय शिक्षा सेवामा विताएका शिक्षासेवी बरिष्ठ राजयोग प्रशिक्षक अर्जुन थपलिया, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मेचीनगर—०६ काँकरभिट्टाका मुख्यः सञ्चालिक ब्रम्हाकुमारी रमा दिदी, सह सञ्चालिका दुर्गा दिदी, ब्रम्हाकुमारी राजयोग सेवाकेन्द्र काँकरभिट्टाका ब्रम्हाकुमार जय भाई, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, कृष्णथुम्की विकास समिति मेचीनगर—१ का अध्यक्ष एवम् ज्येष्ठ नागरिक समाज मेचीनगर समितिका अध्यक्ष हिम्मत क्षेत्री, पातञ्जल योग समिति नेपाल, काँकरभिट्टा साधना केन्द्रका प्रशिक्षक एवम् प्रशिक्षार्थीहरुलगयात सहभागी सवैले हात हातमा दीप प्रज्वलन गरी दिवंगत भएकाहरुको बैकुण्ठ बासको कामना गरेका थिए । उनीहरुले अब उप्रान्त यस्ता विपद्हरु कसैले पनि वेहोर्नु नपरोस भन्ने कामना गर्दै तीन पटक ओमकारको ध्वनी गुञ्जायमान बनाएका थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । विनाशकारी बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् र खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार गरिएको छ ।


























