झोलुङ्गे पुलको स्थलगत निरीक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

७ माघ, मेचीनगर : झापाको मेचीनगर- ३ मा नवनिर्मित झोलुङ्गे पुलको दातृ निकाय स्वीजरल्याण्डका प्रतिनिधि, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यसहितको टोलीले शुक्रबार स्थलगत निरीक्षण गर्नका साथै आवश्यक जानकारी लिएको छ ।

गोविन्दपुर—तेलपानी गाउँ जोड्ने करीव १ सय २० मिटर लामो गोविन्दपुर तेलपानी खोला झोलुङ्गे पुलको निर्माण कार्य गएको असार मसान्तसम्म सकिएको थियो । पुल निर्माणमा ८९ लाख ७५ हजार रुपैयाँ खर्च भएको गोविन्दपुर तेलपानी खोला झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पुलका बारेमा नगर प्रमुख विमल आचार्यले दातृ निकायका बारेमा जानकारी गराउनु भएको थियो । पुलबाट करीव १२ देखि १५ सय उपभोक्तालाई प्रत्यक्ष लाभ पुगेको छ । विशेषगरी जनता मावि तेलपानीमा अध्ययनरत गोविन्दपुर र स्याङ्गल्याङटार गाउँका विद्यार्थीलाई यो पुलले निक्कै राहत पुगेको अध्यक्ष अधिकारकिो भनाई छ । बर्खाका बखत नदीमा बाढी आएका कारण विद्यालय विद्यार्थीहरु विद्यालय जान सक्दैन् थिए र पुलले यो समस्याको समाधान गरेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.