आइतबार १४,मङ्सिर २०७७
काँकरभिट्टा । काम र दामको खोजीमा झापा मेचीनगर— ६ काँकरभिट्टाका २४ वर्षीय अमोद उप्रेतीले आठ वर्ष मलेसियामा व्यतीत गर्नुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाए भएरको श्रम र शक्ति अर्चेर विदेशीभूमिमा पसिना बगाउनुभयो । विदेशमा ग्लास कम्पनिमा आफ्नो जीवनको ऊर्जाशील समय तिाउनुभयो उहाँले ।
तर, उहाँले जति श्रम र मिहनत गरे उहाँलाई सोचे अनुसारको काम र दाम नभएपछि विदेशको भूमिबाट आफ्नै स्वदेश फर्किनुभयो र व्यवसायिक बाख्रा पालन शुरु गर्नुभयो ।
उहाँलाई विदेशमा रही रहन मन लागेन । उप्रेतीले गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाल्नुभयो । विदेश बसाईको आठवर्ष पछि उहाँ स्वदेश फर्किनुभयो ।
स्वदेश फर्के लगत्तै उहाँले बाँझा रहेका बारीमा बाख्रापालन शुरु गर्नुभएको छ । अहिले उहाँलाई विदेशको कमाई भन्दा स्वदेशकै कमाई प्यारो छ । मलेसियामा पसिना बगाएर फर्किए बरु यहाकै कमाईबाट आनन्द प्राप्त भएको छ ।
पढाइ बिचमै छाडेर उहाँ वैदेशिक रोजगारमा होमिनु भएको थियो । विदेशको मोहले न त पढाइ न त हातमा दाम, समयको बर्बादी, गाउँमै बसेर पहिले नै बाख्रापालन गरेको मालामाल भएको उहाँको अनुभव छ । करिब ८ देखि १० लाखको लगानीमा व्यवसाय सुरु गर्नुभएका उहाँले दुई सयभन्दा बढि बाख्रा पाल्ने योजना बनाउनुभएको छ । आफ्नै जमिनमा बिभिन्न थरिका घाँस रोप्ने योजना उहाँसँग छ । गाउँमै बसेर पहिले नै कृषि क्षेत्रमा केही गरेको भए मालामाल भइने उहाँको भनाई छ ।
उहाँको फार्ममा २७ माऊ बाख्रासहित खसी र बोकासमेत छन् । जमुनापारी , स्थानीय, बोयर क्रस जातका बाख्रा छन् । सय भन्दा बढी बाख्रा पाल्ने लक्ष्य उहाँको छ । विदेशबाट फर्किएर आफूले व्यवसायिक बाख्रा पालन थालेका कारण निक्कै सन्तुष्ट मिलेको उहाँको भनाई छ । विदेशमा बसेर काम गर्नुभन्दा आफ्नै देशमा सजिलो र परिवारसँगै सुखदुःख साटासाट गररे काम गर्दा मन पनि निकै खुशी हने उहाँको तर्क छ । स्वदेशमा फर्किएपछि गाउँमै ऋणधन गरेर १० लाख रुपैयाँ लागतमा बस्ने घरसहित बाख्रा फार्म स्थापना गर्नुभएका उप्रेतीले व्यावसायिकरूपमा बाख्रा फार्म शुरु गरेपछि यतिबेला उहाँको दिनचर्या बिहानदेखि बेलुकासम्म बाख्राको हेरचाहमा बित्न थालेको छ ।
खसीजति मासुका लागि तथा बाख्रा सन्तान उत्पादनका लागि विक्री हुने गरेको छ । दशैँका बखत निक्कै खसी विक्री भएको उहाँको भनाई छ । बाख्रा पालन सुरु गरेको आठ महिना भयो उहाँले अहिले नै सोचे अनुसारको आम्दानी नभए पनि व्यवसाय राम्रो हुने देख्नुहुन्छ । बोयर र जमुना पारी तथा स्थानीय जातको बाख्राबाट अहिले नै धेरथोर कमाउन थालिसक्नुभएको छ ।
उहाँका फार्ममा भएका बाख्रा स्थानीय जातका भएका कारण अन्य जातका बाख्राको तुलनामा केही साना छन् । तर साना भए उत्पादन राम्रो दिने गरेका छन् । वीउको लागि उहाँले आफै बोका समेत पाल्नुभएको छ । विभिन्न कामका लागि स्थानीय बाख्राको आवश्यकता पर्ने भएका कारण मूल्य पनि अन्य बाख्राको तुलनामा स्थानीय बाख्राको राम्रो पर्ने गरेको उहाँको अनुभव छ । बाख्राको बजार मूल्य राम्रो भएपछि आफू व्यवसायमा आकर्षित भएको उहाँ सुनाउनुहुन्छ ।
थोरै भए पनि बाख्रा पालेर राम्रो आम्दानी हुन थालेपछि घरखर्च चलाउन कुनै समस्या नभएको उहाँको भनाई छ । उहाँले स्थानीय जातका बाख्राको संरक्षण गर्न सकेमा यसबाट मनग्य आम्दानी र फाइदा दुवै लिन सकिने बताउनुभयो ।
स्थानीय सरकारले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न सके यस्ता कर्ममा अन्य मानिसको समेत आर्कषण हुने देखिन्छ । सरकारले दिएको अनुदान भनेको खानलाई मात्र होइन, केही गरेर देखाउनुपर्छ भनेर व्यवसायी समेत लाग्न जरुरी छ ।