Thursday, May 6, 2021
- बिज्ञापन -
गृह स्थानीय समाचारझापा चैतुबारीमा एक महिलाको शव फेला, हत्याको शंका

झापा चैतुबारीमा एक महिलाको शव फेला, हत्याको शंका

 

भद्रपुर । बिर्तामोड नगरपालिका–२ चैतुबारीमा एक महिलाका शव फेला परेको छ।

सोही ठाउँकी ४२ वर्षीया दिनो राजवंशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार ती महिलाको शव आइतबार बिहान फेला परेको हो।

मृतक महिलाको नाक र मुखबाट रगत बगेको र उत्तानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटना शंकास्पद रहेको जानइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली थप अनुसन्धानका लागि खटिएको छ। प्रहरीका अनुसार वीरबहादुर राजवंशी दम्पतीले सोही ठाउँका जगत राजवंशीको खेत लिजमा तीन वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए।

फार्ममा शनिबार बेलुका श्रीमानलाई खान पुर्‍याउन भनी घरबाट हिँडेकी दिनो राति अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा उनको शव घरदेखि तीन सय मिटर पर मोहन मगरको खेतमा भेटिएको प्रहरीले जनाएको छ।

 

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु