५ औँ रिफ्युजी च्यालेन्ज कप : झापाको दुधेलाई टाइब्रेकरमा हराउँदै मोरङको शिरिजंगा फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

पथरी, माघ १३ ।  ५ औँ रिफ्युजी च्यालेन्ज कपमा दुधे फुट्बल क्लव झापालाई हराउँदै योङ ब्रदर शिरिजंगाले फाइनल यात्रा तय गरेको छ ।

आजको सेमिफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकर मार्फत खेलको निर्णय लिइएको हो । खेलको ४ मिनेटमा यो शिरिजंगाका राजकुमार कन्दङ्वाको पासमा सनम भुजेलले उत्कृष्ट गोल गरेका थिए । पूनः सनम धिमालको पासमा भुजेलले नै गरेको उत्कृष्ट प्रहार पोलमा ठोकिएर रिबाउण्ड भयो ।

यता दुधे फुटबल  क्लवका मनिस लिम्बूको फ्रिकिकको सदुपयोग गर्दै खेलको १० औँ मिनेटमा  विशाल दर्जीले हेड मार्फत गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । यसअघि खेलको पहिलो मिनेटमा नै मनिस लिम्बूले गरेको उत्कृष्ट प्रहारलाई शिरिजंगाका गोल रक्षक बिशाल दर्लामी मगरले बिफल बनाइदिएका थिए ।

 

निर्धारित समयमा खेल १–१ को बरबरीमा पुगेपछि टाइब्रेकर मार्फत शिरिजंगाले जित आफ्नो पोल्टामा पा¥यो । टाइब्रेकरमा शिरिजंगाका दिपेश धिमाल, सनम भूजेल, राजकुमार कन्दङ्वा र दिनेश गिरीले गोल गरे ।

दुधेका तर्फबाट रोजिन माझी, शुसिल मगर र प्रितम लिम्बूले गोल गरे भने संजिब बुढाथोकी र निकेश श्रेष्ठ गोल गर्नबाट चुक्दा नतिजा सुम्पन बाध्य भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.