झापा उद्योग संघद्वारा पत्रकार काफ्ले र गिरी पुरस्कृत

A notice in Nepali from Mechinagar Ward No. 10

झापा उद्योग संघले आफ्नो २६ औं वार्षिकोत्सवको अवसर पारेर झापाका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ ।

सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोजस्थलमा आयोजित साधारणसभा समारोहका बीच संघले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक, रेडियो नेपालका झापा सम्बाददाता एवम् आर्थिक पत्रकार समाज झापाका अध्यक्ष रोहित काफ्ले र अग्रज पत्रकार, नागरिक एफएमका समाचार सम्पादक एवम् साप्ताहिक समाचारपत्रका प्रधान सम्पादक गोपाल गिरीलाई जनही नगद ५००१।– सहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।

पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समाचार एवम् संघको गतिविधि प्रकाशन–प्रशारण गर्दै समाजलाई सुसूचित गराउन महत्वपूर्ण योगदान पुर्याएकोमा काफ्ले र गिरलिाई पुरस्कृत गरिएको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले बताए ।

२६ औं साधारणसभाका प्रमुख अतिथि सार्क चेम्बर कमर्स एण्ड इण्डष्ट्रीका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल एवम् संघका अध्यक्ष टिकाराज ढकालले काफ्ले र गिरीलाई संयुक्त रुपमा पुरस्कृत गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले स्वागत र महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि

ढकालले उद्योग–व्यवसाय क्षेत्रका सकारात्मक समाचारले उद्योगी–व्यवसायीलाई हौसला प्रदान हुने बताउँदै निजी क्षेत्रका समस्याका बारेमा, निजी क्षेत्रका सफलताका बारेमा, आर्थिक क्षेत्रको संभावनाका बारेमा कलम चलाउन सञ्चार क्षेत्रसँग आग्रह गर्नुभयो ।

अध्यक्ष ढकामलले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा संघको आफ्नै भवन निर्माण गर्न सफल भएको, एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट सयौं किसान लाभान्वित भएको उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, १ नं प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलगायतले शुभकामना मन्तव्य राखेको समारोहमा हालै नेपाल उद्योग वाणिज्य महासंघ तथा १ नं प्रदेश उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारी–सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
साधारणसभाको बन्दसत्रले अध्यक्ष ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, महासचिव भण्डारीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अरविन्द अग्रवालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ कार्यसमिति चयनका लागि फागुन १५ गते निर्वाचनको मिति तय गरेको उपाध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.