पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

A notice in Nepali from Mechinagar Ward No. 10

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका अलग अलग स्थानबाट प्रहरीले टाउँकोमा बोकेर ल्याएको अवस्थामा बिरुवा बरामद गरेको जनाएको छ । स — शस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टाका गुल्मपति स —शस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र थापाका अनुसार बरामद गरिएको बिरुवा झापाका विभिन्न स्थानसम्म पुग्ने गरेका छन् ।
तेस्रो मुलुकबाट वनस्पतिजन्य बिरुवा पैठारी गर्न कानुनतः नमिल्ने हुँदा बरामद गरिएको बिरुवा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । बरामद गरिएको बिरुवा शुक्रबार स —शस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा काँकरभिट्टा परिसरमा खाल्डो खनेर नष्ट गरेको उनले बताए ।

स — शस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टाले अहिले यस्ता विरुवाको आयात रोक्न प्रहरी तैनाथ रुपमा परिचालन गरेको छ । यसै क्रममा मंसिर महिनामामात्र करीब साढे तीनलाख रुपैयाँका यस्ता अवैध विरुवा नियन्त्रणमा लिइएको गुल्मपति स—शस्त्र प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार तीनदिनअघि मात्र एकलाख ९८ हजार पाँचसय रुपैयाँका अवैध विरुवा नियन्त्रणमा लिइएको थियो । शुक्रबार ६८ हजार पाँच सय रुपैयाँ र मंसिर ९ गते ७४ हजार दुईसय रुपैयाँ मुल्यका यस्ता विरुवा नियन्त्रणमा लिएको गुल्मले जनाएको छ ।
यसरी हेर्दा तीन पटकमा तीनलाख ४१ हजार दुईसय रुपैयाँ मुल्य बराबरका विरुवा नियन्त्रणमा लिएर प्लान्ट क्वारेन्टाइनका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मीलगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थितिमा खाल्डो खनेर नष्ट गरिएको स—शस्त्र प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।
क्वारेन्टिन कार्यालय काँकरभिट्टाका अनुसार वनस्पति भित्रियाउनु कानुनतः अवैध भएको र गमलाको माटो अन्य कोकोपिट गमलामा मिसिन जाँदा संक्रमणको जोखिम हुने जनाएको छ । प्रहरीका अनुसार गुलावको फूल, जस्मिन, टुलिप, रानिगन्धा,, सयपत्री, मखमली, गेदावरी फूलका बिरुवा बरामद गरेको हो ।
सरकारले विभिन्न प्रकारका अवैध फूल, माला तथा माटोसहितको बिरुवा भित्रिन रोक लगाएको भएपनि पूर्वी नाकाबाट भने यसको धन्दा रोकिएको छैन् ।
अवैध रुपमा भित्रिने फूल, माला तथा बिरुवाहरुलाई नियन्त्रण गर्न नाकाका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालयहरुलाई थप प्रभावकारी छन् । तर खुला सिमानाका कारण काँकरभिट्टा नाकाबाट भने बेला बखत यस्ता वस्तुको आयात नरोकिएपछि स—शस्त्र प्रहरीले कडा निगरानी बढाएको छ ।
कारोबार गर्दा वैधानिक तवरले प्राकृतिक फूल बिरुवाहरुलाई प्राथमिकता दिइ व्यवसाय गनुपर्ने क्वारेन्टिन कार्यालय काँकरभिट्टाका चन्द्रेश्वर ठाकुरले बताए ।
स्वदेशी पुष्प व्यवसायको विकास र प्रवद्र्धनका लागि ठोस योजना ल्याउन नसकेको, भारतलगायतका मुलुकबाट आयातित अवैध पुष्प व्यापारलाई नियन्त्रण गर्न सरकारले नसकेकोमा पुष्प व्यवसायीहरूको आक्रोश छ । पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले त्यस खालको वातावरण बनाउने काम नगरेको व्यवसायीहरूको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.