स्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा

A notice in Nepali from Mechinagar Ward No. 10

१५ पुस, मेचीनगर :  स्रोत नखुलेको भारतीय छ लाखभन्दा बढी रुपैयाँसहित भारतीय नागरिकलाई मंगलबार झापाको काँकरभिट्टाबाट नियन्त्रणमा लिइएको छ । दिउँसो १ बजेतिर स — शस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टा र मेची भन्सार कार्यालयको टोलीले संयुक्तरुपमा भारतको अरुणाञ्चल प्रदेश तवाङ जिल्ला बस्ने करिव ६२ वर्षीय लोमसाङ्ग फूलचोकलाई नियन्त्रणमा लिइएको स —शस्त्र प्रहरीले जनाएको छ ।

फायल तस्वीरः
मेची भन्सार कार्यालय काँकरभिट्टाको यात्रु शाखा परिसरबाट नियन्त्रणमा लिइएका फूलचोकका साथबाट भारतीय छ लाख ३० हजार रुपैयाँ फेला परेको छ र उक्त पैसाको स्रोत नखुलेका कारण आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मेची भन्सार कार्यालय काँकरभिट्टाका एकजना अधिकृतले बताए ।

उनले नेपालका विभिन्न स्थानमा आर्थिक सहयोग गर्न उक्त रकम लिएर नेपाल आएको, आफूसहित अन्य ३२ जना रहेको र बाकी साथीहरु काठमाडौं पुगेको र आफूले यो रकम नेपाली बनाएर लिएर जाने प्रारम्भिक बयान दिएका छन् । मुद्धा फायल तयार गरी बरामद रकमसहित उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा पठाईएको र भोली आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान इटहरी पठाउने तयारी गरीएको भन्सार अधिकृतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.