धुलाबारी, पुस १८ । धुलाबारी जेसीजको अध्यक्षमा राजिव प्रसाईले प्रतिस्पर्धी योगेश राजबंशीलाई ९ मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको छ ।
सन् २०२१ को कार्यकालका लागि आज सम्पन्न निर्वाचनबाट प्रसाई अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
आज भएको मतदानमा १२४ मध्ये ७७ मत खसेकोमा प्रसाई ले ४३ मत प्राप्त गर्नु भएको र राजबंशीले ३४ मत प्राप्त गर्नु भएको हो ।मेचीनगर ९ निवासी अध्यक्षमा निर्वाचित प्रसाई धुलाबारी जेसीज सन २०२० को महासचिव हुनुहुन्थ्यो । आज निर्वाचित अध्यक्षको कार्यकाल अवधि एक वर्षको रहनेछ ।
त्यसैगरी आजसम्पन्न धुलाबारी जेसीजको ४२ औं साधारण सभाबाट सन २०२१ का लागि कार्यकारीणी उपाध्यक्षमा रबिन्द्र पाठक र दिनानाथ भट्टराई सर्बसम्मतले चयन हुनु भएको छ । त्यस्तै उपाध्यक्षहरुमा भवेश काफ्ले,प्रताप खड्का, बिनोद थापा र निश्चल पौडेल सर्वसम्मत चयन हुनु भएको छ ।

























