मेचीनगरमा दुईवटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका १३ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गएराति साढे ११ बजेतिर प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर एकापसमा दुर्घटना भएको हो ।
दुर्घटनामा झापा गाउँपालिका ३ का २० वर्षीय मनिष बास्कोटाको मृत्यु भएको हो ।

यस्तै, झापा गाउँपालिका ३ का २० वर्षीय सौरव बास्कोटा र सोही स्थानका २४वर्षीय सुमन पौडेलको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.