सञ्चालनमा आए मेचीनगरका विद्यालयहरु

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अन्तर्गत मेचीनगरका संस्थागत एवम् सामुदयिक अधिकांश विद्यालयहरुले स्वास्थ्य मापदण्ड अपनाएर आजबाट विद्यालय सञ्चालन गरेका छन् ।
यस बारेमा मेचीनगर शिक्षा शाखा प्रमुख एवं उपसचिव होमनाथ भण्डारी बताउनु हुन्छ –‘विद्यालयहरु सञ्चालनमा आएपछि अभिभावक, विद्यार्थी एवम् शिक्षकहरुमा उत्साह जागेको छ । विद्यालयले तोकिएको मापदण्ड पूरा गरे नगरेको बारे अब केहि दिनमै अनुगमन हुनेछ ।’ वहाँले भन्नु भयो–‘एकहप्ता भित्र सम्पूर्ण विद्यालयहरु पूर्णरुमा सञ्चालनमा आउँने र त्यसको प्रभावकारीता समेत थाहा पाइनेछ ।’

के भन्छन् सरोकारवालाहरु :

आजबाट हामीले स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय सञ्चालनमा ल्याएका छौं । आज हाम्रो विद्यालयमा ८० प्रतिशत विद्यार्थीहरु उपस्थित भएको र बाँकी रहेका विद्यार्थी सामुदायिक विद्यालयमा गएका वा दैनिक रोजी रोटीका लागि काम गर्ने अभिमावकहरुका नानीहरु रहेको हुँदा उपस्थित हुन नसकेको भन्ने हामीलाई लागेको छ । — किरन अधिकारी, प्रिन्सिपल अंशु एकाडेमी बाहुण्डाँगी

निजी विद्यालयहरु आइतबारबाट सञ्चालन भएपनि हामी सोमबारबाट आलो पालो पद्धती अपनाएर विद्यालय सञ्चालन गर्नेछौं । हामी हप्तामा २ दिन पालो पर्ने गरी करिब आफ्ना १२०० विद्यार्थीहरुको पठन पाठनको प्रबन्ध गर्ने छौं यसका लागि हामीले नगर शिक्षा कार्यालयमा प्रस्ताव समेत पेश गरेका छौं । साथै सुरुका दिनमा विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि जनचेताना र मनोपरामर्श समेत प्रदान गरिने छ । –कृष्ण पुरी, प्रधानाध्यापक आदर्श मा.वि., इटाभट्टा

सञ्चालक समितिको निर्देशन, अभिभावकसँँगको छलफल र जनप्रतिनिधिहरुको परामर्श अनुसार साना कक्षाहरु बाहेकका कक्षा ३ देखि १० सम्मका मात्र विद्यार्थीहरुको पठन पाठन गराइने र साना कक्षाहरु प्रभावकारीताको आधारमा स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्ने योजनामा छौं । –नवराज सुवेदी, सहायक प्रिन्सिपल, सिताराम सामुदायिक अंग्रेजी विद्यालय, धाइजन

विद्यालयले कम्तिमा ३ वटा सिफ्टमा कक्षाहरु सञ्चालन गर्नुपर्ने र मास्क, सेनिटाइजर, हातधुने साबुन पानीको व्यवस्था गर्नुपर्ने र विद्यालयहरुले यी सबै कुराहरु गरे नगरेको भनेर अभिभावक सहित सरोकारवाला सबैले अनुगमन गर्नुपछ । कोरोनासँग भागेर होइन जुधेर यसलाई पराजित गर्नुपर्छ । म आफै पनि कोरोना संक्रमित भई दुईपटक सम्म पोजेटिभ आएर निको भएको हुँदा सुरक्षा सतर्कता अपनाउँदा यसबाट बच्न सकिने र हाम्रा दैनिकीहरु सञ्चालन गर्न सकिन्छ । –राजकुमार पराजुली, अभिभावक, काँकरभिट्टा

जतिखेर अनलाइन कक्षा चलेको थियो त्यती खेर पढ्दा भन्दा अहिले कक्षामा बसेर पढ्दा धेरै राम्रो लागेको छ । हामीले गुरुगुरुआमाहरुले पढाउनु भएको विषय अझ राम्ररी बुझ्न पाएका छौं । मास्क, सेनिटाइजर, बारम्बार हात धुने, अनि थर्मल गनबाट शरीरको तापक्रम समेत जाँच हुने गरेता पनि मनमा अलि अलि डर पनि छ र सामाजिक दुरी कायम गर्न नसकिएला कि भन्ने पनि लाग्छ । तर पनि विद्यालयले हामीलाई कक्षामा सुरक्षित तरिकाले पठनपाठनको सम्पूर्ण व्यवस्था गरिदिएको कारण केही ढुक्क छौं । –विद्यार्थीद्वय प्रिती खवास र आर्यन गुरुङ्ग, अरुणोदय आवासीय मा.वि., काँकरभिट्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.