काँकरभिट्टा खानेपानी प्रविधिमैत्री बन्दै

A notice in Nepali from Mechinagar Ward No. 10

२२ असार, मेचीनगर : झापाको मेचीनगर— ६ मा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मोवाइल एप्स, वेब साइट र जीआईएस प्रविधि सुरु गरेको छ । संस्थाले जीआईएस, मोवाइल एप्स र वेबसाइट निर्माणका लागि चार महिनाअघि दियालो टेक्नोलोजी प्रालिसँग सहकार्य गरेको थियो ।

उपभोक्ताहरुलाई छिटो छरितो सेवा दिनका लागि शुरु गरिएको प्रविधि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विधिवतरुपमा भौगोलिक सूचना प्रणाली, मोवाइल एप्स र वेब साइटको शुभारम्भ गरेका हुन् ।

यो प्रविधिसँगै संस्थाले जडान गरेका कुन घरमा धारा कहाँ छ ? कस्तो अवस्थामा छ ? पाइप घरसम्म कसरी पुगेको छ? ट्याङ्की अवस्था के छ ? संस्थाको स्थापनादेखिको इतिहास, दस्तावेज लगायतका बारेमा मोवाइलबाटै हेर्न र बुझ्न सकिन्छ ।

उद्घाटन सत्रमा बोल्दैं प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले काँकरभिट्टा खानेपानी देशकै नमूनाकै रुपमा अघि बढिरहेकोले अब डिजिटल प्रविधिको विकासको विकल्प नभएको बताए । सजिलो र सहज भएकाले यसलाई सबैले सदुपयोग गर्न उनले आग्रह गरे । मेचीनगरलाई ९० प्रतिशत पूर्णरुपमा प्रविधिमैत्री बनाउने तयारी गरिएको नगर प्रमुख बुढथोकीको भनाई छ ।

संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले कार्यक्रमको अध्यक्षता गदैं कुन घरमा धारा कहाँ छ ? कस्तो अवस्थामा छ ? पाइप घरसम्म कसरी पुगेको छ ? ट्याङ्की अवस्था के छ ? संस्थाको स्थापनादेखिको इतिहास, दस्तावेज लगायतका बारेमा मोवायलबाटै हेर्न र बुझ्न सकिने बताए ।

संस्थालाई प्रविधिमैत्री बनाउदै लैजाने योजना बमोजिम आफ्ना पाइपलाइनहरुको डिजिटल म्यापिङसहित सम्पतिको व्यवस्थापनका लागि जीआईएस, मोवाइल एप्स र वेबसाइट सुरु गरिएको उनले बताए ।

कार्यक्रममा दियालो टेक्नोलोजी प्रालिका बजार प्रमुख रोशन गौतमले संस्थालाई खानेपानी उत्पादन र वितरणलाई अटोमेशन सिस्टमबाट लैजान सहज हो भनेर सम्पति व्यवस्थापन सफ्टवेयर, वेब साइट र स्मार्ट फोनको प्रयोग गरिएको जानकारी दिए ।

उपभोक्ताहरुले आफ्ना समस्या, कम्पेलन र डेटा हेर्नका लागि घरैमा बसेर मोवाइलबाट सुविधा लिन सकिने गौतमले बताए । उनका अनुसार रिडिङ, तालिका, स्वचालित रिडिङ, खपत युनिट, आफ्नो स्टेटमेन्ट, संस्थाको दस्तावेज लगायत एपमार्फत हेर्न सकिने छ ।

यो प्रविधिले तीनसय ६५ किलोमिटर आसपास सम्मका संस्थाका ८ हजार ४ सय उपभोक्ताहरुको डेटा संकलन गरिएको छ । मोवाइल एपको कार्यान्वनपछि खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा थप योगदान पुग्ने अपेक्षा उपभोक्ताहरुको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.