बाढीपहिरो प्रभावित म्याग्दीमा विद्युत आपूर्ति पूर्ववत्, ग्रामीण जनजीवन सहज बन्दै

गत महिनाको बाढीपहिरोले क्षति पुर्‍याएका संरचना मर्मत गरेसँगै म्याग्दीका सबै स्थानमा बत्ती बलेको छ। विद्युत सुचारु भएपछि स्थानीयको जनजीवन सहज बन्दै गएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
म्याग्दीमा मर्मत गरिएको विद्युत प्रशारण लाइन र पोल

📌 मुख्य बुँदाहरू:

  • गत महिनाको बाढीपहिरोबाट प्रभावित म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ।
  • बाढीपहिरोका कारण ३३/११ केभीको प्रशारण र वितरण लाइनका २५० वटा पोल तथा तारमा क्षति पुग्दा करिब १ करोड ५० लाख रुपैयाँको आर्थिक नोक्सानी भएको छ।
  • विद्युत प्राधिकरणका कर्मचारीले चाडपर्वको समयमा समेत रातिसम्म खटिएर वैकल्पिक माध्यमबाट विद्युत सुचारu गराएका छन्।

गत महिनाको बाढीपहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ। नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुर्‍याएका प्रशारण तथा शाखा लाइनलगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति सुचारु गरेका हुन्।

प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबार बत्ती बलेको जानकारी दिए। उनका अनुसार धेरै ठाउँमा दुई–तीन दिनमै विद्युत आपूर्ति गराइए पनि पाउद्धार, गिवाङ र किन्दु क्षेत्रमा चाडपर्वको समयसमेत बेवास्ता गरी कर्मचारी तथा मजदुरहरू रातिसम्म परिचालन भएका थिए। कतिपय स्थानमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपूर्ति गराइएको र दोस्रो चरणमा थप मर्मत गरी यसलाई नियमित र व्यवस्थित बनाउने प्रयास भइरहेको छ।

क्षति र वैकल्पिक व्यवस्था

बाढीपहिरोले प्राधिकरणको ३३/११ केभीको प्रशारण तथा वितरण लाइनका दुई सय ५० वटा पोल र तानिएका तारहरूमा क्षति पुर्‍याएको थियो। यसबाट कुल एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बेनी वितरण केन्द्रले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटतर्फबाट विद्युत आपूर्ति गरिएको छ, जहाँ यसअघि महभिरतर्फबाट लाइन जोडिएको थियो।

त्यस्तै, पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत आपूर्ति गराइएको प्रमुख गामीले बताए। म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज र वारीबेनीसहित २४ हजार चार सय ९० ग्राहक लाभान्वित भएका छन्। तातोपानी वितरण केन्द्रअन्तर्गत अन्नपूर्ण गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडासहित मुस्ताङमा पनि विद्युत आपूर्ति हुँदै आएको छ। ग्रामीण क्षेत्रमा पुनः विद्युत बलेपछि जनजीवन सामान्य बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.