झापामा पहिलोपटक कलेजो, प्यानक्रियाज, पित्तथैली विज्ञ सर्जन चिकित्सकहरुको सम्मेलन हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

२६ मंसिर, मेचीनगर : डाक्टर नवल मल्टी स्पेसियालिटी हस्पिटल बिर्तामोडको आतिथ्यमा झापामा पहिलोपटक कलेजो, प्यानक्रियाज, पित्तथैली विज्ञ सर्जन चिकित्सकहरुको सम्मेलन हुने भएको छ ।
शनिवार बिर्तामोडमा हुने सम्मेलनमा काठमाडौंबाट १८ जनासहित कोशी प्रदेशका ६० बढी विज्ञ चिकित्सकहरुको सहभागिता रहने डाक्टर नवल मल्टी स्पेसियालिटी हस्पिटलका अध्यक्ष डा. शम्भु नवलले जानकारी दिए । सम्मेलनमा विराटनगर, धरानसहित झापाका विभिन्न क्षेत्रका विज्ञ चिकित्सकहरुको सहभागिता रहने बताइएको छ । कलेजो, प्यानक्रियाज, पित्तथैली विज्ञ सर्जनको संस्था नेपाल च्याप्टर ‘आइएचपीबीए’ , टिचिङ हस्पिटल काठमाडौंको डिपार्टमेन्ट अफ सर्जिकल ग्यास्ट्रो इन्टेरोलोजी र ‘एजीएचएसएन’ एकाडेमीको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।

बिर्तामोडमा चाँडै सञ्चालनमा आउन लागेको डाक्टर नवल मल्टी स्पेसियालिटी हस्पिटलले उक्त सम्मेलनको आतिथ्य गर्ने अवसर पाएको हो । कलेजो, प्यानक्रियाज, पित्तथैली सर्जरीमा आइपर्ने समस्याहरु, ती अंगमा पछिल्लो समय देखापरेका रोगहरु तथा अत्याधुनिक उपचार प्रविधिको बारेमा सम्मेलनमा विशेष छलफल हुने बताइएको छ ।
विज्ञ प्रोफेसर डाक्टरहरुले सहजीकरण गर्ने उक्त सम्मेलनमा चिकित्सा क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विषय विज्ञ सर्जन चिकित्सकहरुले आफ्ना अनुभव साटासाट गर्ने बताइएको छ । आफ्नो अनुभव साटासाट, क्षमताको विकास र नयाँ सिकाइको रुपमा सम्मेलन सञ्चालन हुने बताइएको छ ।
उक्त सम्मेलनको त्रिभुवन बिशवविधालय अन्तर्गत चिकित्साशास्त्र प्रतिष्ठानका अनुसन्धान विभागको निर्देशक प्रोफेसर डा. पलेश्वाँ जोशी लाखे, महाराजगञ्ज मेडिकल कलेजका सर्जिकल ग्यास्ट्रो इन्टेरोलोजी विभाग प्रमुख प्रोफेसर डाक्टर रमेशसिंह भण्डारीले मुख्य सहजीकरण गर्ने डाक्टर नवलले जानकारी दिए ।

डाक्टर नवलले उक्त सम्मेलन आफ्ना लागि अझ विशेष उपलब्धी मुलक हुने बताएका छन् । बिर्तामोडमा रामचोकमा सञ्चालनमा आउन लागेको डाक्टर नवल मल्टी स्पेसियालिटी हस्पिटलका अध्यक्ष डाक्टर नवल एमवीवीएस एमएस हुन् । उनले बिर्तामोडमा विगत १२ बर्षदेखि शल्यचिकित्सा सेवा प्रदान गर्दै आएका छन् । डाक्टर नवलले आफ्नो विज्ञता र लामो अनुभवलाई आफ्नै हस्पिटलबाट सेवा प्रदान गर्न लागेको बताएका छन् । डाक्टर नवलका अनुसार शल्यचिकित्सा सम्बन्धी अत्याधुनिक उपकरण प्रयोग गरेर बिरामीको सुरक्षालाई विशेष ध्यानमा राखी उपचार सेवा प्रदान गर्ने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.