धुलाबारी, मङ्सिर २३ । झापाको मेचीनगरको दशौँ साधारण सभा सम्पन्न भएको छ।शनिबार सम्पन्न भएको साधारण सभाबाट मेचिनगर लेडि जेसीजकाे अध्यक्षमा पवित्रा बिमली प्रसाइ चयन हुनुभएको छ।
लेडि जेसीजकाे दशौँ साधारण सभाबाट बर्ष २०२४ का लागि अध्यक्षमा प्रसाई सहित कार्यकारिणी उपाध्यक्षमा शकुन्तला ढकाल र एलिशा बुढाथोकी रिजाल चयन हुनु भएकाे हाे ।
त्यसैगरी उपाध्यक्षहरूमा शर्मिला तिम्सिना, सुनिता कोइराला, गिता पौडेल र लक्ष्मी कोइराला सर्वसम्मत चयन हुनु भएकाे छ। जेसीजकाे विधानले रिक्त रहेका महासचिव, काेषाध्यक्ष, कानूनी सल्लाहाकार लगायतका पदहरू अध्यक्षले मनाेनित गर्ने व्यवस्था छ ।
मेचीनगर लेडि जेसीजले आउँदो वर्ष नेपाल जेसीज क्षेत्र “क “सम्मेलन आयाेजना गर्दैछ ।


























