नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार नगर शिक्षा शाखा अधिकारी उपसचिव होमनाथ भण्डारीले जारी गर्नुभएको ४ बुँदे सूचनामा यस्तो उल्लेख छ । यो सूचना सार्वजनिक भएसँगै अब उप्रान्त अनलाइनको माध्यमबाट वार्षिक परीक्षा लिन पाइन्दैन । यस अघि अनलाइनबाट परीक्षा लिएको भए त्यसले मान्यता प्राप्त गर्ने तर, नगरपालिकाले सूचना जारी गरेपछि अनलाइन माध्यमबाट समेत परीक्षा लिन नपाइने शिक्षा शाखाले स्पष्ट पारेको छ ।
शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीका अनुसार नगरपलिकाले तोकेको मापदण्ड भित्र रहेर नगरका सबै विद्यालयले जेठ मसान्त भित्र वार्षिक परीक्षाको नजिता प्रकाशन गरिसक्नु पर्नेछ । कक्षा १ देखि ७ सम्मलाई आवधिक परीक्षा र निरन्तर मुल्याङ्कनका आधारमा वार्षिक परीक्षाको अंक दिने र नतिजा प्रकाशन गर्नुपर्ने, कक्षा ८ र ९ को लागि यस अघि लिइएका दुई वटा परीक्षाको आधारमा अंक दिने तर कक्षा ८ को हकमा सैद्धान्तिक परीक्षाको अंक मात्रै जेठ २५ गते भित्र नगर शिक्षा शाखामा उपलब्ध गराउने र प्रयोगात्मक तर्फको अंक यस अघि नै बिद्यालयले IEMIS मा अपलोड गरे अनुसार नगरपालिकाले नतिजा प्रकाशन गर्ने, वार्षिक परीक्षाको अंक दिदाँं विद्यार्थीले अंक पाउने पुष्टि हुने अभिलेख समेत राख्नु पर्ने सूचनामा उल्लेख छ । त्यस्तै सामाजिक सञ्जालमार्फत नतिजा प्रकाशन गर्दा विद्यार्थीको नाम राख्न नहुने र सिम्बल नम्बर वा रोल नम्बर मात्रै राख्न पाइने छ ।
मेचीनगर शिक्षा शाखाको सूचना :





















