बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी , एकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

दमक । झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।  आगलागीमा ६० वर्षीय देशमान राईको मृत्यु भएको छ ।

साँझ साढे ७ बजेतिर शिविरको सेक्टर डी–फोरअन्तर्गत ६० वर्षीय देशमान राईको छाप्रोमा आगो लागेको थियो ।

घरभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लागेकाले राईलाई बचाउन नसकिएको शिविरका युवराज राईले बताए ।

आगोमा एक तोला सुन, १० तोला चाँदी, नगद तीन लाख रुपैयाँ, लत्ताकपडा, भाँडाबर्तनलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.