जन–संसद् दैनिकको प्रधान सम्पादक पौडेल, सम्पादकमा रेग्मी नियुक्त

कार्यकारी सम्पादक निरौला,सह–सम्पादकमा धिताल,

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर,माघ १५ । हाम्रो प्रकाशन समूह प्रालिद्वारा प्रकाशित जन–संसद् दैनिकको सम्पादन मण्डल नियुक्त गरिएको छ । प्रालिका अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बुधबार  बसेकोे बैठकले सम्पादकको जिम्मेवारीमा रहेका मुक्ति पौडेललाई प्रधान सम्पादकमा नियुक्त गरेको छ । पौडेल स्थापनाकालदेखि नै जन–संसद् दैनिकको विभिन्न जिम्मेवारीमा रहेर कार्य सम्पादन गर्दै आएका छन् ।

यस्तै, बैठकले पत्रिकाको सम्पादकमा झुलन रेग्मीलाई नियुक्त गरेको छ । रेग्मी विगत डेढ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । झापाबाट प्रकाशित दैनिक पत्रिकाको सम्पादन मण्डलमा रहेर उनले कुशलतापूर्वक कार्य सम्पादन गर्दै आएका छन् ।
बैठकले पत्रिकाको सह–सम्पादकमा गिताराम धिताल (जिआर)लाई नियुक्त गरेको छ । रेडियो क्षेत्रबाट पत्रकारिता सुरु गरेका धिताल पछिल्लो पुस्ताका सक्रिय पत्रकारको रुपमा चिनिन्छन् ।

यस्तै, पत्रिकाको अनलाइन संस्करण जन–संसद् डटकमको कार्यकारी सम्पादकमा हेमन्त निरौलालाई जिम्मेवारी दिइएको छ । निरौला अनलाइन पत्रकारितासँगै लेखनमा दखल राख्छन् ।
प्रकाशन समूहका अध्यक्ष पाण्डेले जन–संसद् दैनिक र अनलाइन संस्करणलाई नयाँ ढंगबाट सञ्चालन गर्ने तयारी गरिएको बताए ।त्यसैगरी प्रकाशन समूहका उपाध्यक्ष कमल थापाले कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण प्रकाशनमा परेकोे असरलाई सहजता प्रदान गर्दै अघि बढ्ने बताए ।

डेढ  दशकदेखि काँकरभिट्टाबाट प्रकाशित हुँदै आएको जन–संसद्लाई प्रदेश १ को  चर्चित दैनिक पत्रिकाको रुपमा हेरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.