छोराको शोकले अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङकी आमाको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

 

बिर्तामोड , जेठ ९ । छोराको शोकले अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङकी आमाको निधन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङकी ९० वर्षिया आमा चन्द्रमायाको आज दिउँसो घरमै निधन भएको हो । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ४ माम्लिङमा रहेको घरमा दिउँसो २.३० बजे चन्द्रमायाको निधन भएको आफन्त शशिकला राईले जानकारी दिनुभयो । कोरोना भाइरसबाट संक्रमित प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको जेठ ३ गते उपचारका क्रममा बिर्तामोडको बिएण्डसी हस्पिटलमा निधन भएको थियो ।

छोराको निधन भएको खबर सुन्नेबित्तिकै चन्द्रमाया बेहोस हुनु भएको थियो । सोही दिनदेखि वाक्य बसेको र होस नखुली आज निधन भएको मेचीनगर नगरपालिकामा कार्यरत शशिकलाले बताउनु भयो । वहाँका अनुसार दिवंगत भएका प्रशासकीय अधिकृत खाम्याहाङले आफ्नी आमालाई निकै माया गर्नुहुन्थ्यो । श्रीमान नभएकी चन्द्रमायाका ६ जना छोरामध्ये प्रशासकीय अधिकृत खाम्याहाङ साइला छोरा हुनुहुन्थ्यो । माइला र काइला छोराको पनि निधन भइसकेको थियो । त्यस्तै तीन छोरीमध्ये माइली छोरीको पनि निधन भइसकेको थियो । कान्छा छोरा काठमाडौंबाट फर्किएपछि चन्द्रमायाको भोलि दाहसंस्कार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.