इटहरी,जेठ २९ । इटहरी उपमहानगरपालिका वाड नम्बर २० तरहरामा श्रीमान् श्रीमती मृत फेला परेका छन् ।
वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार गएराति इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा उदयपुरको रौता गाउँपालिका ३ घर भइ हाल इटहरी २० मा कोठाभाडामा बस्दै आएका हेमशेर राई र शर्मिला राई मृत फेला परेका हुन् ।
उनीहरू रोयल फर्निचरमा काम गर्दै आएको श्रेष्ठले जानकारी दिए । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेको हुनसक्ने प्रहरीले अनुसन्धान गरेको छ ।
घटनास्थलबाट शव पोस्टमार्टमका लागि धरानस्थित बिपी स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको छ ।


























