मेचीनगर । समसामयिक राजनीतिक बिषय ज्ञान र देशको विषम परिस्थितिमा राप्रपाको निर्णायक भूमिका रहनुपर्ने धारणा राख्दै राप्रपा मेचीनगर समितिको नगर भेला आईतवार सम्पन्न भएको छ ।
मेचीनगर ७ स्थित जोरसिमलमा सम्पन्न सो भेलाले विविध संगठनात्मक निणर्य गरेको नगर सभापति शुशिल आचार्यले बताए।
सो भेलाले मेचीनगर क्षेत्रमा पार्टीको संगठन विस्तार, सदस्यता वितरण र जागरण अभियान संचालन गर्ने निणर्य गरेको आचार्यले चौतारी पोष्ट अनलाइनलाई बताए ।

भेलामा राप्रपाका नेता राजेन्द्र लिङ्गदेनले समसामयिक राजनीतिक र राप्रपाको आगामी कार्यक्रमका बारेमा पार्टीको धारणा समेत राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्गदेनले आगामी दिनमा राप्रपाको कार्यक्रमका विषयमा समेत धारणा राखेका थिए । नगर सभापति शुशील आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रमा राप्रपाका नेता एवं झापा क्षेत्र नं ३ का संघिय सांसद राजेन्द्रप्रसाद लिङ्गदेन प्रमुख अतिथिको रुपमा रहेका थिए भने अतिथिहरुमा प्रदेश सदस्य रमेश दाहाल,देबि दंगाल,जिल्ला सचिव केशव ओझा जिल्ला सदस्य हरु चन्द्र खनाल,सबिना बजगाई,शारदा पराजुली,लोकनाथ लामिछाने, दिपेश राई,पार्टीका अग्रज गौरीलाल श्रेष्ठ,महेन्द्र मल्ल लगायत रहेका थिए भने कार्यक्रमकोसंचालन चन्द्र निरौलाले गरेका थिए ।
























