प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने

कोरोनाले सुस्ताएको फुटबल प्रतियोगिता अब बिस्तारै लयमा फर्किदै

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २८ पुस । झापाको मेचीनगरमा विहीबारदेखि १ नम्बर प्रदेश स्तरीय प्रथम स्वर्गीय अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका फुटबल क्लबले सहभागिता जनाउने छन् । खेल नकआउटका आधारमा ‘नाईन साइड ’खेलाइने छ ।

प्रतिययोतिाको टाइसिट सार्वजनिक भएको छ । आयोजक तुर्केनी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेल आयोजक तुर्केनी फुटबल क्लब काँकरभिट्टा र डीवाईपी फुटबल क्लब डुडाँमारी शिवसताक्षीबीच हुने आयोजकले जनाएको छ ।

मेचीनगर—६ तुर्केनी खेल मैदानमा हुने प्रतियोतिामा रोलिङ फुटबल क्बल धुलावारी, बेलबारी फुटबल क्लब मोरङ, गार्डेन फुटबल क्बल धरान,ब्रदर्स यूनाईटेड फुटबल क्लब चन्द्रगढी झापा, शिवसतासीधाम फुटबल क्बल शिवसताक्षी झापा, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर झापा र रेड स्टार फुटबल क्लब विर्तामोड झापाले प्रतिस्पर्धा गर्ने छन् ।

माघ ९ गते हुने प्रतियोगिताको फाइनलमा विजयी टिमले नगद ५० हजार तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडलसहित प्रमाण पत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.