शनिश्चरे एफसीलाई ५ -० गोलले हराउँदै राजगढको झापा एफसी पुग्यो फाइनल

A notice in Nepali from Mechinagar Ward No. 10

घेराबारी , पुस २५ । दुई दिन अघि मात्र क्वाटर फाइनल खेलमा ज्ञानेचोक फूटबल क्लब, पृथ्वीनगरलाई ५-२ गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको शनिश्चरे फूटबल क्लब, शनिश्चरेले  लज्जास्पद हार व्यहोरेको छ ।

आज सम्पन्न दोस्रो समीफाइनल खेलमा झापा फूटबल क्लब, राजगढसँग शनिश्चरे फूटबल क्लब ५ -० गोल अन्तरले पराजित हुँदै सेमी फाइनलबाट बाहिरिएको हो । यो जीत सँगै झापा फूटबल क्लब, राजगढ फाइनलमा प्रवेश गरेको छ । अब  झापा फूटबल क्लब, राजगढले फाइनलमा आयोजक घेराबारी फूटबल क्लबको सामना गर्नेछ ।

झापा कचन कवल – १ घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ प्रतियोगिताको  पूर्व देउराली खेल मैदानमा सम्पन्न शनिबारको  खेलमा झापा फूटबल क्लब राजगढका तर्फबाट जर्सी नम्बर ११ का श्याम मुर्मुले खेलको १६ औँ  मिनेटमा पहिले गोल गर्दै झापा एफसीलाई अग्रता दिलाए । त्यसैगरी  मुर्मुले  खेलको मिनेटमा ४७ औँ  मिनेटमा थप एक गोल  गरे । शुरुबाटै आक्रमक शैली अपनाएको झापा एफसीका तर्फबाट खेलको २४ औँ मिनेटमा जर्सी नम्बर ९ का गणेश हेमरमले एक गोल गरे  । निरन्तर गोल लगाउने क्रममा झापा एफसीतर्फबाट खेलको २९ र ५४ औँ  मिनेटमा जर्सी नम्बर १७ का राजकुमार कन्दङ्वाले गोल गर्दै  झापा एफसीलाई फाइनल  पु¥याए । करीब ३ हजार दर्शकको उपस्थिति रहेको सो खेलमा कुनै पनि गोल गर्न नसकेको शनिश्चरे एफसीले खेलको रणनीति बुझ्न नसक्दा सेमीफाइनलबाट बाहिरिनुपरेको हो ।

 

आजको खेलको ‘ म्यान अफ द म्याच’ झापा फूटबल क्लब, राजगढका श्याम मुर्मु घोषित भए । उनले नगद सहित  म्यान अफ द म्याचको ट्रफी पाए ।

पुस २६ र २७ गते  दुई दिन फूटबल क्लबलाई खेल अभ्यास गर्ने समय दिएको र पुस  २८ गते  मङ्गलबार  झापा फूटबल क्लब, राजगढ र  आयोजक घेराबारी फूटबल क्लब  बीच फाइनल खेल सम्पन्न हुने श्री घेराबारी युवा परिवारका अध्यक्ष देउकुमार माबो लिम्बूले जानकारी दिनुभयो ।
श्री घेराबारी युवा परिवारको आयोजनामा पुस २० गतेबाट सन्चालन भई २८ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु.५० हजार र उप -विजेताले  रु . ३० हजार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.