निर्वाचन अपडेट: सर्लाहीको बलरामा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप, मतदान स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10
A large crowd of people, including Nepali Congress and Rastriya Swatantra Party supporters, are gathered outside a polling station in Balara, Sarlahi, amidst a dispute between the two parties' workers, with some individuals wearing green military helmets and others holding phones to capture the scene, as security personnel try to maintain order.

प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सर्लाहीको बलरा नगरपालिकास्थित एक मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबीच विवाद हुँदा स्थिति तनावपूर्ण बनेको छ। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच भएको विवादले उग्र रूप लिएपछि ढुङ्गामुढा प्रहार भएको हो।

बिहानैदेखि सामान्य विवाद रहेको उक्त केन्द्रमा मध्याह्नपछि झडप सुरु भएको थियो। स्थिति नियन्त्रण बाहिर गएपछि विगत आधा घण्टादेखि मतदान प्रक्रिया पूर्ण रूपमा स्थगित गरिएको छ। झडपका क्रममा केही व्यक्ति घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

एक प्रहरी अधिकारीका अनुसार, “विवाद बढ्दै गएपछि दुवै पक्षबीच ढुङ्गामुढा भएको हो, केही घाइते भएका छन्।” अहिले उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ र स्थिति नियन्त्रणमा लिई मतदान पुनः सुचारु गर्ने प्रयास भइरहेको छ। सर्लाही–४ बाट कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार रहेका कारण पनि यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.