मोरङ-६ मा रुबिना आचार्यको ऐतिहासिक जित: कांग्रेसका हेभीवेट शेखर कोइराला ४२ हजार मतान्तरले पराजित

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्यले नेपाली राजनीतिकै एक शक्तिशाली ‘हेभीवेट’ नेता डा. शेखर कोइरालालाई स्तब्ध पार्दै सानदार विजय हासिल गरेकी छिन्।

अन्तिम मतपरिणाम अनुसार आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मात्र १२ हजार ८ सय ५० मत पाएका छन्। आचार्य र कोइरालाबीचको मतान्तर ४२ हजार ६ सय ६३ रहेको छ, जुन यस निर्वाचनको सम्भवतः सबैभन्दा ठूलो मतान्तरमध्ये एक हो।

निर्वाचन परिणामको तुलना: २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट डा. शेखर कोइराला विजयी भएका थिए। तर, यसपटक रास्वपाको लहर र युवा नेतृत्वप्रति मतदाताको आकर्षणका कारण कांग्रेसले आफ्नो सुरक्षित गढ जोगाउन सकेन। यस क्षेत्रका अन्य कुनै पनि उम्मेदवारले १० हजार मतको आँकडा पार गर्न सकेनन्।

को हुन् रुबिना आचार्य?

  • जन्म र शिक्षा: २०५२ सालमा विराटनगर–४ मा जन्मिएकी आचार्यले काठमाडौँ विश्वविद्यालय (KUSOM) बाट एमबीए (MBA) सम्मको उच्च शिक्षा हासिल गरेकी छिन्।

  • राजनीतिक यात्रा: उनको राजनीति २०७४ सालमा विवेकशील साझा पार्टीबाट सुरु भएको हो। विवेकशील साझा र रास्वपाबीचको सहकार्य र एकीकरणपछि उनी रास्वपाको युवा नेतृको रूपमा मोरङ झरेकी थिइन्।

  • सामाजिक सक्रियता: डा. गोविन्द केसीको अभियान, कोरोनाकालको ‘तातो भात अभियान’ र महिला हिंसा विरुद्धका आन्दोलनमा उनी एक दशकदेखि सक्रिय छिन्।

आफ्नो जितपछि प्रतिक्रिया दिँदै आचार्यले यो विजयलाई ‘नयाँ पुस्ता र परिवर्तनको चाहना’ को रूपमा व्याख्या गरेकी छिन्। उनले महिला सशक्तीकरण, दिगो विकास र नागरिक अधिकारलाई संसद्मा आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.