२६ जेठ, काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४७ पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८१ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख १५ हजार ६५२ जना संक्रमित भएका छन भने ५ लाख १० हजार २९८ निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























