बीएन्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

२८ जेठ, काठमाडौँ : चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ऐन नियम अनुसारको प्रावधान पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको स्रोतले जनायो । बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो क्षमता अनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेर बाहिरिनु भएको थियो । उहाँ बाहिरिएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर सम्बन्धन दिने भनेर निर्णय लेख्न लगाएको स्रोतले बतायो ।

‘बीएण्डसीको सम्बन्धनको विषय सुरु भएपछि विवाद हुनथाल्यो, विवाद बढ्दै गएपछि तटस्थ किसिमका सस्दयहरु बैठक छाडेर हिड्न थालें,’ एक सदस्यले भने, ‘शिक्षामन्त्रीले यो निर्णय आजै लेख्नुपर्छ, भनेर अडान लिएर लेखाउन लगाउनुभयो ।’

निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले बी एण्ड सीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको जानकारी दिनु भयो। ‘बी एण्ड सीको बारेमा प्रक्रिया पुर्‍याई सम्बन्धन दिने कुरा भएको छ, सम्बन्धन पाउने भयो,’ उहाँले भन्नु भयो, ‘ऐन नियम कानुनले के भन्छ हेरेर आयोगले सिफारिस गर्नुपर्छ ।’ आयोगले सिफारिस गरेपछि काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने निर्णय लिने उहाँले बताउनु भयो । ‘कागजात कानुन सम्मतः छैन भने बी एण्ड सीले पूरा गर्नुपर्छ, बैठकले सम्बन्धन दिने नै निर्णय गरेको हो,’ उहाँले भन्नु भयो। नपुगेका प्रक्रिया पूर्‍याउन सबै पक्षले सहयोग गर्नुपर्ने पनि उहाँले औंल्याउनु भयो।

‘सम्बन्धन दिने नै भन्ने निर्णय भएको हो तर केही कुरा पूरा भएको छैन भने पूरा हुनुपर्छ भनेर प्रक्रिया पूरा गरेपछि भन्ने कुरा राखिएको हो,’ उहाँले दोहोर्‍याउनु भयो । काठमाडौं विश्वविद्यालयले ऐन, नियम विपरित सम्बन्धन दिने प्रक्रिया अघि बढाएको थियो । बी एण्ड सीको आशयपत्र नवीकरण छैन । चिकित्सा शिक्षा ऐनका प्रावधानले पनि सम्बन्धन दिन रोक्छ ।

सम्बन्धन दिन लागिएको भन्दै यसको विरोध बृहद् नागरिक आन्दोलनका अभियन्ताहरुले आजै प्रदर्शन गरेका थिए । स्वास्थ्य सेवा र शिक्षाका अभियन्ता डा. गोविन्द केसीले सम्बन्धन दिइए सत्याग्रह गर्ने घोषणा गर्नुभएको छ।

बैठकमा आयोगको बार्षिक बजेट तथा कार्यक्रम, मेडिकल कलेजको सिट निर्धारण, आयोगको संगठन संरचनाको विषयमा पनि छलफल र विभिन्न निर्णय भएको छ ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.