४ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५६९ पीसीआर परीक्षणबाट १ हजार ९६३ र ५ हजार ४६८ एन्टिजेन परीक्षणमा ८०५ जना गरी २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ४२ हजार ८०८ जना संक्रमित भएका छन भने ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























