७ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ पीसीआर परीक्षणबाट १ हजार ५८४ र ४ हजार ३२१ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ४९ हजार ९४८ जना संक्रमित भएका छन भने ५ लाख ५९ हजार ९२८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























