१२ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७०४ पीसीआर परीक्षणबाट १ हजार १७४ र ४ हजार ८०६ एन्टिजेन परीक्षणमा ८४२ जना गरी २ हजार १६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ६३ हजार ८५७ जना संक्रमित भएका छन भने ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























