२४ घण्टामा ३ हजार ७ जना संक्रमण मुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

 

१३ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८३६ एन्टिजेन परीक्षणमा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ ।

यसैगरी देशै भरी हालसम्म ६ लाख ६५ हजार ७७७ जना संक्रमित भएका छन भने ५ लाख ८४ हजार ३३४ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.