अनुमती नदिए असार १८ गतेदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने व्यावसायीको चेतावनी

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ।

उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कोभिड–१९ ले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सरकारी निषेधाज्ञा अवज्ञा गरेरै भए पनि सार्वजनिक यातायात सञ्चालन गर्ने बताउँछन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटै यातायात मजदुर संगठनले गत असार १४ गते नै संयुक्त विज्ञप्ति जारी गरेर आगामी असार १८ गते अर्थात शुक्रबारसम्म देशभरका सम्पूर्ण सार्वजनिक यातायातका साधन आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने चेतावनी दिएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत असार १४ गते गरेको २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोरबिजोरका आधारमा चल्न दिने गरी गरेको अव्यवहारिक निर्णय सच्याउन माग गर्दै आइरहेको बताए।

अध्यक्ष राईले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघको तर्फबाट बारम्बार ध्यानाकर्षण गराउँदै आइरहेको बताए।

यातायात व्यवसायीले निषेधाज्ञा खुलाएसँगै यातायात मजदुरलाई प्रथामिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा समेत प्रथामिकतामा राख्न सरकारसँग अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.