विद्रोही राससको बोर्ड र अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

२२ असार, काँकरभिट्टा: नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष एवम् अग्रज पत्रकार माधव विद्रोही राष्ट्रीय समाचार समिति (रासस)को बोर्ड सदस्यमा, नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व केन्द्रीय पार्षद चेतन अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त हुनु भएको छ ।
झापाली यी दुवै पत्रकारलाईसूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नियुक्त गरेको हो । तीन दशक भन्दाबढि समयदेखि पत्रकारीतामा सकृय झापाका अग्रज पत्रकार भद्रपुर–८ निवासी विद्रोही हाल स्वाधिन सम्वादका प्रधान सम्पादक र रेडीयो भिजनमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।
सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट चार वर्षका लागि विज्ञापन बोर्डको सदस्यमा नियुक्त हुनु भएका अधिकारी गोरखापत्र, कान्तिपुर दैनिक लगायतका राष्ट्रिय सञ्चारमाध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिनुभएका पत्रकार अधिकारी हाल ‘नेपाली बहस डट कम’ का प्रधान सम्पादक हुनुहुन्छ ।
मन्त्री नेम्वाङले अधिकारीलाई सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरण गर्दै संस्थागत सुधार र सृजनात्मक प्रयोगमा आफ्नो ठाउँबाट योगदान गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल लगायतको उपस्थिति थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.