एकै मञ्चमा दुईवटा कार्यक्रम सम्पन्न

साहित्यकार ओलीलाई अर्जुनधारा दीर्घ साहित्य सेवा सम्मान तथा पुरस्कार

A notice in Nepali from Mechinagar Ward No. 10

२७ असार, मेचीनगर : अर्जुनधारा नगर स्तरीय भाषा, कला साहित्य तथा संस्कृति प्रवर्धन समितिले पहिलो पटक साहित्यकार सरोज ओलीलाई अर्जुनधारा दीर्घ साहित्य सेवा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आइतबार झापाको अर्जुनधारामा आयोजित कार्यक्रममा नगत ५१ हजार रुपैयाँ राशाीसहित सम्मान–पत्र र दोसल्लाले साहित्यकार ओलीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

भाषा, कला साहित्य तथा संस्कृति प्रवद्र्धनका क्षेत्रमा विगत आठ दशकदेखि निरन्तर लेखन कार्यमा रहदै आउनु भएका ओलीलाई प्रमुख अतिथि साहित्यकार कोमलप्रसाद पोखरेलले सम्मान पत्र तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको कार्यक्रमको सञ्चालक तथा साहित्यकार कुमार भट्टराईले जानकारी दिनुभयो ।

आइतबार अर्जुनधारा नगरपालिकामा एकै मञ्चमा दुईवटा कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगर स्तरिय भाषा, कला साहित्य तथा संस्कृति प्रवर्द्धन समिति र नगर खेलकुद विकास समितिले एउटै मञ्चमा कार्यक्रम सम्पन्न गरेको हो । अर्जुनधारामा बसोबास गर्दै साहित्य र खेल क्षेत्रमा योगदान पुर्याउने ५ जना प्रतिभाहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा भाषा, कला साहित्य तथा संस्कृति प्रवर्द्धन समितिको तर्फबाट साहित्यकार कोमलप्रसाद पोखरेल र नगर खेलकुद विकास समितिको तर्फबाट प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी अर्जुनधारा खेलकुद दीर्घ सेवा अन्तरगत फुटवल क्षेत्र तर्फबाट भगिरथ आले (मामा), हेमनारायण चौधरी (एथलेटिक्स), नारायण सुब्बा (मार्सलआर्ट), तेकान्दो तर्फ जितेन्द्र मेचेलाई अर्जुनधारा दीर्घ खेलकुद सेवा पुरस्कार प्रदान गरिएको छ । चारैजना अग्रज खेलाडीहरुलाई नगर खेलकुद विकास समिति तर्फका प्रमुख अतिथि प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सम्मान–पत्र र नगर प्रमुख राना र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले जनही १५ हजार नगद प्रदान गर्नुभयो । भाषा, कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिकी संयोजक सुशिला सुवेदी, नगर खेलकुद विकास समिति संयोजक अर्जुन मेचेको संयोजकत्वमा कार्यक्रम आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.