२८ असार: काँकडभिट्टा: यस वर्षकाे भानु पत्रकारिता पुरस्कार पत्रकार मुक्ति पाैडेललाई प्रदान गरिने भएकाे छ । भानु साहित्यिक प्रतिष्ठानले मंगलवार भाेली आदिकवि भानुभक्त आचार्यकाे २०८ ओै जन्मजयन्तीका अवसरमा सम्मान पत्र र नगद २१ हजार रूपैयाँ राशीकाे पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताउनुभयाे । पत्रकार पाैडेल जन संसद् दैनिकका प्रधान सम्पादक हुनुहन्छ ।
पत्रकारिताका माध्यमबाट नेपाली साहित्यकाे श्रीवृद्धिमा पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै यसवर्षकाे पुरस्कार पत्रकार पाैडेललाई प्रदान गर्ने निर्णय भएकाे अध्यक्ष उप्रेतीले बताउनुभयाे । उहाँका अनुसार यसअघि याे पुरस्कार पत्रकार पर्वत पाेर्तेल र राजु अधिकारीलाई प्रदान गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले पुरस्कार प्रदान गर्नुहुने छ ।