भानु पत्रकारिता पुरस्कार पौडेललाई

नेपाल साहित्यको क्षेत्रमा भानुको योगदान महत्वपूर्ण

A notice in Nepali from Mechinagar Ward No. 10

२९ असार, काँकडभिट्टा : यस वर्षको भानु पत्रकारिता पुरस्कार मुक्ति पौडेललाई प्रदान गरिएको छ ।

नगद २१ हजार राशी सहितको पुरस्कार र सम्मान पत्र आदिकवि भानुभक्त आचार्यको २०८ओैं जन्मजयन्तीका अवसरमा मंगलवार प्रदान गरिएको हो ।

भानु साहित्यिक प्रतिष्ठानले काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले सम्मान पत्र र प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले नगद रकम प्रदान गर्नुभएको थियो ।

संविधान सभा सदस्य रविन कोईरालाले दोसल्ला, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नेपाली टोपी तथा उपप्रमुख मीना पोखरेल उप्रेती र प्रदेश नम्वर १ का प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले अविर रूद्राक्षको माला पुरस्कृत तथा सम्मानित व्यक्तित्व पौडेललाई पहिर्याउनु भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानको चर्चा गरेका थिए । आादिकवि भानुभक्त आचार्यले विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एउटै मालामा उन्ने काम गरेकाले हरेक वर्षको असार २९ गते स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने तमान नेपाली भाषीहरूले आदिकविको स्मरण गर्ने गरेको बताएका थिए ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कार्की, संविधान सभा सदस्य कोईराला, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई , प्रदेश नम्वर १ प्रदेश सभा सदस्य मैनाली,मेचीनगर नगरपालिका प्रमुख आचार्य, उपप्रमुख उप्रेती, पुरस्कृत व्यक्तित्व पत्रकार पौडेल लगायतले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्नुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव सुशील आचार्यले गर्नुभएको थियो । कोभिडका कारण यसअघिका कार्यक्रम झै निक्कै तामझामले गर्न नपाएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।


कार्यक्रममा साहित्यकारहरू पुण्यप्रसाद खरेल, विजय खरेल, मेदनिप्रसाद खरेल, मोहनप्रकाश उप्रेती, भुवन सुब्बा खरेल, जयप्रसाद आचार्य, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती,रोटरी क्लव अफ काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुडाथोकी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, कोषाध्यक्ष रणजित प्रसाईं, वरिष्ठ सञ्चारकर्मी चन्द्र भण्डारी, अग्रज पत्रकार कृष्ण हुमागाई, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोष्ट काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईलगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरू,सञ्चारकर्मी, सुरक्षाकर्मी,  अधिकारकर्मी, उद्योगी व्यवसायीहरू, साहित्यकारहरूसमेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.