३१ असार, काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले साउन ३ गते आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वानगर्नुभएको हो।
असार १७ गते सुरु भएको राष्ट्रियसभाको आठौँ अधिवेशन १२ दिन चालु भएकोमा जम्मा ६ वटा बैठक बसेका थिए। अधिवेशन अन्त्य भएको ३ दिनपछि नै वर्तमान सरकारले ३ गतेका लागि अर्को अधिवेशन आह्वान गरेको हो।