४ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी जम्मा १४ हजार १८२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ७ लाख १२ हजार ३७३ जना संक्रमित भएका छन भने ६ लाख २८ हजार २४३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।