कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

A notice in Nepali from Mechinagar Ward No. 10

साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ। कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ।

यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो। साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन्। त्यसैले कैयौं देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो।

यहाँका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो। सो मन्त्रालयले कोभिडका विरुद्धको सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको हो ।साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ। उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही अगष्ट ९ बाट यो यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ।

यसअघि यहाँ कडा नयाँ भेरिएन्टका कारण धेरै ठूलो संख्यामा सङ्क्रमितहरु देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्रमणको संख्या घटेपछि यो निर्णय गरिएको हो। साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो। त्यस यता यहाँ कैयौँ विदेशी उडानहरु पनि रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.