एचआईडीसीएलको ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला

साउन २५ गतेसम्म आवेदन दिन सकिने

A notice in Nepali from Mechinagar Ward No. 10

५ साउन,काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आजदेखि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले एक बरारबर एक अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सकिने छ ।

जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम कम्पनीका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रदका लागि गत जेठ २८ गते बुक क्लोज गरेको थियो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई तोकेको छ । हकप्रद भर्न मेरो सेयर, ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.