आज बकर–इद मनाइदै ,देशभर सार्वजनिक बिदा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज हर्ष र उत्साहका साथ बकर–इद मनाउँदै छन्।

मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।

आज नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्। यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गने चलन छ।

बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ। बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ।

सरकारले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.