झर्यो मेरो गाउँको एउटा दाँत

A notice in Nepali from Mechinagar Ward No. 10
चन्द्र भण्डारी

मेरो उमेर समूहले अत्यन्त नजिक र पारिवारिक सम्बन्ध ठानेर आदर,सम्मान र श्रद्धाको आँखाले हेर्ने र शीर झुकाउने एकजना अभिभावक आज गए राती(२०७८श्रावण.२गते) १२.०० बजेबाट सदा सदाकालागि अस्तय हुनुभयो । झापाको शान्तिनगर र इलामको इरौंटारको सिमामा घर निवास बनाएर हामीलाई सामाजिक अभिभावकत्व दिनुहुने पुण्य प्रसाद पौडेल अब कहिले नफर्कनेगरि बिदा हुनु भएको छ । लाग्छ उहाँको अस्तयले मेरो गाउँको एउटा दाँत झरेको छ र मेरो जन्म गाउँ थोते भएको छ ।

मेरो गाउँका तत्कालिन समाजसेवीहरु मध्येका जिवित थोरै मध्येका एक श्रद्धेय पुण्य बाबुसँग तत्कालिन समाजको एउटा प्रोफायल तयार गर्ने मेरो सपना भत्किएको छ । पुरानो पुस्ताको थोरै मध्येका एक साक्षीको अस्तयले मेरो गाउँ स्तव्ध भएको छ

उहाँका आफन्त,दौंतरी र उहाँले पनि शीर ओछ्याएर आदर गर्ने अशंख्य अगुवाहरुको भौतिक बिदावारी प्रति अत्यन्त दुख ब्यक्त गरेर आँखा रसिला पार्दै भाबुक हुनुहुने पुण्य बाबु आजआफैं कान्छो सदस्य भएर उहाँहरुसंगै पुग्नुभएको छ ।

बिकासप्रेमी तत्कालिन हाम्रा अगुवाहरु कप्तान गञ्ज बहादुर कार्की, उमाकान्त बराल, रामबाबु ,भरतबाबु प्रसाईं, इन्द्रप्रसाद प्रसाईं, बलबहादुर पिठाकोटे, भैरव कार्की, सीबी कार्की, सुकुनचन्द, चन्द्रप्रसाद प्रसाईं, बाचस्पति निरौला, यज्ञनिधि दाहाल, रामानन्द ढुङ्गेल, देवीप्रसाद ढुङ्गेल, तुलसीराम खतिवडा, कुवेरनाथ निरौला, पं.काशीनाथ भट्टराई, पुण्य भट्टराई, दीलमाया फूँयल, डोलबहादुर कार्की, कमला कार्की, पं.नरपती उपाध्याय, तीलरुपा खतिवडा, भीम कुमारी न्यौपाने, गङ्गाधर घिमिरे, तुलसा देवी घिमिरे(साइली मुखेनी), रविलाल बराल, द्रौपदा बराल, हरी प्रसाद ओली(युद्ध पिता), जयप्रसाद ओली, भगमाया ओली(हरिदाइका पितामाता), कौशिलादेवी पौडेल, राजेन्द्र निरौला, सूर्य कुमारी प्रसाईं, मनोरथ दाहाल, दाताराम बराल, रामनाथ पट्वारी, हेमनारायण श्रेष्ठ, लीलावती पोख्रेल, डिल्लीराम कट्टेल, तुलसीराम पौडेल, अवच्छरा पौडेल, मधुसुधन खतिवडा, कृष्ण कुमारी खतिवडा, शिवराज खतिवडा, रामध्वज भुजेल(धोजे), बिर्ख बहादुर भुजेल, नैन बहादुर भुजेल, जब्बरसिंह भुजेल(जब्बरे), नरनाथ निरौला, तुलसीराम भट्टराई, दधिराम भट्टराई, रामचन्द्र महेश्वरी, प्रयाग- चन्दन महेश्वरी, शशी प्रसाद भण्डारी, टंकनाथ भुर्तेल, धनपति तिम्सिना, खग प्रसाद भण्डारी, लाल बहादुर न्यौपाने, तुलाराम रसाइली, दिलबहादुर श्रेष्ठ ,उमानाथ पौडेल, पदमलाल सिञ्चिउरी, पं.श्रीबिलास खतिवडा, पद्म प्रसाद भण्डारी, ललिता देवी भण्डारी, पवित्रादेवी खतिवडा, भेषराज खतिवडा, पवित्रा खतिवडा, रुङ्सा राई, भवनाथ खतिवडा, पद्म प्रसाद पौडेल, नेत्ररुपा पौडेल, रुद्र प्रसाद पौडेल, लोक बहादुर पुलामी, इन्द्र बहादुर राई, जुल्पे भुजेल, भीम बहादुर लावर, सैनध्वज खड्का, कृष्णलाल भट्टराई, देवी प्रसाद काफ्ले, मित्रलाल काफ्ले, अगम बराल, चन्द्रमाया थपलिया, टीकाराम गदाल, रबिलाल ठटाल, कृष्ण बहादुर ठटाल, प्रजापति न्यौपाने, भगिरथा न्यौपाने , गोविन्द खतिवडा, बेदनिधि खतिवडा, इन्दिरादेवी खतिवडा, महानन्द पोखरेल, श्रीप्रसाद भट्टराई, ज्ञान कुमारी भट्टराई, हरिनारायण न्यौपाने, कौशिला न्यौपाने, टेक बहादुर सिन्च्युरी, तुलसा सिन्चियुरी(पोकी), याम बहादुर बुङ्थुङ्ग लाप्चा, लक्ष्मी प्रसाद भण्डारी, लछिमा भण्डारी, दिनानाथ पौडेल, जुगल महेश्वरी, टीकाराम खतिवडा, खेमराज खतिवडा, कमला खतिवडा, नरनाथ निरौला, तुलसादेवी आचार्य, जयनारायण आचार्य, पवित्रा खतिवडा, मधुसुधन खतिवडा, पवित्रा खतिवडा, पदम बहादुर गजमेर, धनबहादुर ठाडा, बीरबहादुर ठाडा, पासाङ्ग लाप्चा, दिल बहादुर पट्वारी, गङ्गाराम पोखरेल, योगमाया पोख्रेल, पुष्पलाल गौतम, भक्तबहादुर कट्वाल, मानबहादुर हामखिम, ध्रुबलाल खतिवडा, तुलसादेवी खतिवडा, दीव्यश्वरा खनाल, बीरेन्द्र प्रसाईं, देवीमाया प्रसाईं, मञ्जु प्रसाईं,…..लोहोरुङ्ग, जय बहादुर रसाइली,रामकुमारी वाग्ले, दिनानाथ बराल, मुकुन्द बराल, गङ्गादेवी दाहाल, पशुपती भट्टराई, तेजबहादुर आचार्य, हेमप्रसाद भण्डारी,कृष्णलाल अधिकारी, सावित्रा अधिकारी,नारायणप्रसाद खतिवडा, कलिमाया पौडेल, हस्तबहादुर दुधराज(चम्पालाल),  लीलानाथ तिम्सिना,भगिरथ तिम्सिना, बासुदेव तिम्सिना,त्रिलोचन तिम्सिना,सावित्रा तिम्सिना,बिष्णु बहादुर भुजेल,गोपालमान भुजेल,दिल बहादुर सुब्बा,डम्बर बहादुर अधिकारी, भागिरथा अधिकारी,जानुका अधिकारी,श्रीलाल घिमिरे,पर्शुराम भण्डारी,भेषराज भण्डारी,जानुका भण्डारी,केशवराज भण्डारी,तेजराज खतिवडा,चन्द्रबहादुर सुङ्गदेल, बृहस्पती भट्टराई, मदनराज निरौला, कर्णप्रसाद खतिवडा, गङ्गाधर अधिकारी,गङ्गादेवी अधिकारी, दुर्गा पोखरेल, हर्कटे राई, दलबहादुर दर्जी, पुरुषोत्तम उपाध्याय पोखरेल, खगेन्द्र गिरी, चन्द्रमाया फुँयल,कुलप्रसाद पोखरेल,कुमारी परियार,प्रजापति सुबेडी,डम्बर बहादुर खड्का,छबिलाल दाहाल,नर बहादुर दहाल,नरबीर बिश्वकर्मा, दामोदर भारद्वाज, मोहन कार्की, रविन कार्की, नारदमणि शास्त्री, नरहरी शास्त्री पोखरेल, भवानी खतिवडा, तिलरुपा भण्डारी, लोकनाथ खतिवडा, ठाकुर खतिवडा,मकरसिंह लाप्चा, धन बहादुर लाप्चा,शेखर कुँइकेल,नर बहादुर सुनार,देवी प्रसाद पौडेल,नर बहादुर कार्की,भगिरथ पौडेल, बशन्त लाबर,तेजराज अधिकारी,रत्न बहादुर बिश्वकर्मा,भीष्मराज निरौला,ज्ञानेन्द्र बराल,नरेन्द्र खतिवडा,लीला तिम्सिना, थिरेन्द्र पोख्रेल, भीमप्रसाद अकौलिया, करमबहादुर पिठाकोटे, सन्त बहादुर पुलामी, निलहरी पौडेल, लीला पौडेल, मधुसुधन अधिकारी,पदमबहादुर सार्की, तारादत्त आचार्य, भीमप्रसाद खतिवडा, नरेन्द्र लाप्चा(नासी), छत्र खतिवडा आदि जस्ता दिबङ्गत अग्रज र अनुज हाम्रा पुर्खासँग उहाँहरुकै बस्तीमा पुग्नुभएको छ । यस अतिरिक्त इलाम झापाका अशंख्य दौंतरी जो बितेर जानुभयो उहाँहरुसँगै रमाउन पुग्नुभएको छ ।
सादा जीवन र उच्च बिचारको धनी पुण्य बाबु हँसिलो, रसिलो, सात्विक भोजन गर्ने धार्मिक ब्यक्तित्व हुनुहुन्थ्यो । चरम गरिबी र सम्पन्न दुबै अवस्थालाई भोग गरेर आफ्नी स्नेही अर्धाङ्गिनी र सन्ततिलाई चटक्क छोडेर बिदा हुनुभएको यस दुखद अवस्थामा पुण्य बाबुलाई श्रद्धाञ्जली ब्यक्तगर्दै शोकसन्तप्त सम्पूर्ण परिवार जनमा गहिरो समवेदना ।
अग्र भागको एउटा दाँत झरेर थोते भएको मेरो जन्म गाउँ जहाँ सधैं मुस्कुराईरहने “पुण्य पाखो” पनि आज खुव रोइ रहेको होला, जहाँ पुण्य बाबुका सयौं सपनाहरु फुलिरहेका देखिन्थे उसबेला । पुण्य बाबु झरेर गए पछि को उहाँ जन्म गाउँका दाह्रे पाखो, पस्पते जङ्गल,गोतामे पहिरो, टिमाई, ठोट्ने र कुरुङ्ग खोलाहरु पनि शोक मग्न भइ रहेका होलान । हाम्रो जन्म गाउँ र त्यहाँको प्रकृति समेतका तर्फबाट हार्दिक श्रद्धाञ्जली श्रद्धेय पुण्यबाबु !

(नेपाल पत्रकार महासंघका संस्थापक महासचिव अग्रज पत्रकार भण्डारीकाे मुहारपुस्तिकाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.