६ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार ६१६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ७ लाख २४ हजार ४५५ जना संक्रमित भएका छन भने ६ लाख ३६ हजार ४०२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।