कन्यामको नमुना सडकमा एक महिनामै सयौं खाल्डो

A notice in Nepali from Mechinagar Ward No. 10
विनोद पाण्डे

६ साउन, चारपाने : इलाम सूर्योदय नगरपालिका स्थित कन्याममा बनाईएकोे नमुना चार लेनको कालोपत्रे सडक सयौं ठाउँमा खाल्डो परेको छ ।

सडक निर्माण गरिएको एक महिना बित्दा नवित्दै टलक्क टल्किएको सडक खाल्डै खाल्डोमा परिणत भएको हो ।

ठुला सवारी साधन नचलेकै अवस्थामा भत्किन सुरु भएको सडक ठुला मालवाहक र यात्रुवाहक सवारी चल्न थालेपछि सडक झन भत्किन थालेको छ । यसैगरी भत्किने क्रम हो भने अबको एक महिना भित्र कन्याममा हुस्सु संगै धुलो पनि उढने निस्चित छ ।

कोभिडका कारण कडा निषेधाज्ञा जारी गरिएको थियो, त्यहीबेला इलामको सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यलय भने पूर्वको एक पर्यटकिय गन्तव्य कन्यामलाई अझ सजाउन व्यस्त रहयो । कन्यामा भएको यो काम प्रति धेरैले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए । यस वर्षको निषेधाज्ञा अघि र पछि कन्याम पुगेर वा सञ्चारमाध्यम, सामाजिक संजालबाट कन्यामको परिवर्तनलाई देख्नेहरु आश्चर्य मान्दै दंगनै परेका थिए । सम्पन्न मुलुकको विकास भन्दा कमको विकास होइन भन्दै नागरिकले खुलेरै प्रशंसा गरे, सोही बखत मन थाम्न नसकेर लकडाउनकै बिचमा प्रहरीलाई छल्दै धेरैजना कन्यामको विकास हेर्न पुगेकाहरुले सामाजिक संजालमा फोटो, भिडियो पोष्ट गरेका थिए । सञ्चारमाध्यमहरुले पनि प्रार्थमिकताका साथ कन्यामको नयाँ विकासलाई स्थान दिएका थिए ।

संघीय सरकारसँगको सहकार्यमा मेची राजमार्गलाई फराकिलो बनाउँदै सौन्दर्यीकरण गरेपछि कन्याम निकै आकर्षक देखिएको छ । सूर्याेदय नगरपालिकाको अवधारणाअनुसार नगरको पहलमा डिभिजन सडक कार्यालयले कन्यामको मेची राजमार्ग फराकिलो बनाउन थालिएको हो । तर सौन्दर्य थप्ने काम सम्पन्न भई नसक्दै यसरी सडक भत्किएको देखेर कन्याम पुगेका पर्यटकहरुले सडक निर्माणमा ठुलै भ्रष्टचार भएछ’ भनेर विस्मत मान्दै यस्तो कमसल काम गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बिचार व्यक्त गर्ने गरेका छन् । अहिलेको अवस्थामा कन्यामको सडकलाई हेर्दा सामान्य मानिसले पनि यसो भन्न बाध्य हुन्छ, किनकी कालोपत्रे बाटो एक दुई महिनाको लागि मात्र बनाइदैन ।

मेची राजमार्ग अन्तरगत कन्याममा ट्राफिक संकेत लाइनले सौन्दर्य थपेको छ । सडकको छेउ–भित्तामा रंगरोगन गरिएको छ । ठाउँ–ठाउँमा सोलार बत्तीसमेत राखिएको छ । तर खाल्डामा जमेको पानी र हिलोले कालोपत्रे सडक हिल्लामे बन्न थालेको छ । केही ठाउँमा बालुवाले पुरेर खाल्डो छोप्ने प्रयास गरिएको छ । तर वर्षाको कारण बालुवा बगेर जाने गरेकाले खाल्डामा जमेको पानीले सडक भत्काउन अझ मदत गरिरहेको छ ।

यो सडक डिभिजन कार्यालय अन्तरगत ठेक्का लागेर निर्माण गरिएको होे । तीनवर्ष अघिनै ठेक्का सम्झौता भएको काम हाल आएर पहिलो चरणको काम सकिएको छ । यस वर्ष वर्षा सुरु भए पछि काम गरिएकाले कालोपत्रे सडक कमसल भएको कारणले बनी नसक्दै भत्किन गयो, निर्माण कम्पनीले पुनः निर्माण गर्ने भनेको छ, तर हामिले नै तत्काल काम नगर्न भनेका छौं । आगामी असोज कार्तिक तिर गर्मी सुरु भएछि भत्किएको सडक मर्मत गराउने छौं ।’ पहिलो चरणमा सडक निर्माणको लागि डिभिजन कार्यालय मार्फत करिब १० करोड रुपैयाँ खर्च भएकोे सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.