१ हजार २८८ जना संक्रमण मुक्त

२ हजार ७१४ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

७ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार २८८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार ८२९ जनाको कोरोना परीक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

यसैगरी देशै भरी हालसम्म ७ लाख २७ हजार १६९ जना संक्रमित भएका छन भने ६ लाख ३७ हजार ६९० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.