८ साउन, मेचीनगर: पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ जनामा संक्रमण देखियो भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १७ हजार ३०८ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ७६ हजार ७०८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ३९ हजार ३६८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।