काठमाडौं । आइतबार (आज) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले बढेको हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक ३३.०४ अंकले उकालो लागेर ३०३७.३७ को बिन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिमा कारोबारमा आएका २१० ओटा कम्पनीको ३५ हजार ६४ पटकको कारोबारमा १ करोड ३८ लाख ५७ हजार ७३८ कित्ता शेयरको रू ३ अर्ब ४१ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।
आज २१० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४४ शेयरमूल्य घटेको छ ।