२ हजार ५० जना संक्रमण मुक्त

१० साउन, मेचीनगर :     पछिल्लो २४ घण्टामा २ हजार ५० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५३९ संक्रमण देखिएको छ भने ३ हजार २६५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १३ हजार ८३४ जनाको कोरोना परीक्षण गर्दा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४ हजार ९४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.