ओली निकट प्रदेश प्रमुख हटाउने सरकारको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडाैं । सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरू हटाउने तयारी गरेको छ ।

सरकारले प्रदेश २,गण्डकी र लुम्बिनी प्रदेश प्रमुखलाई तत्कालै हटाउन लागेको हो । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले २ नम्बर प्रदेशमा तिलक परियारलाई हटाएर राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

यस्तै गण्डकी प्रदेशमा अमिक शेरचनलाई हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो । उता लुम्बिनीमा धर्मनाथ यादव पनि ओली निकट हुन् । पूर्ववर्ती ओली सरकारले नियुक्त गरेका ती तीन वटै प्रदेश प्रमुखलाई हटाउने देउवा सरकारको तयारी छ ।

मंगलबार (आज) अपरान्ह मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको जनाइएको छ । आजैको क्याबिनेटले तीन वटा प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.