कोरोनालाई परास्त गर्ने नयाँ टिप्सका बारेमा कनकाईमा बहस सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१२ साउन, कनकाई : कोरोना संक्रमणको दोस्रो लहरसँगै जटिल बन्दै गएको मानव स्वास्थ्यलाई कसरी सहज बनाउँन सकिन्छ भन्ने विषयमा कनकाई नगरमा अन्तरक्रियामूलक बहस सुरु भएको छ ।

नगरवासीको स्वास्थ्यका विषयमा गम्भिर बन्दै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरभित्रका टोल समितिहरुसँग अन्तरक्रियामूलक बहस सुरु गरेका हुन् ।

कोरोनाको अवस्थाका बारेमा वडास्तरीय टोल समितिहरुसँग जानकारी लिदै नगर प्रमुख पोखरेलले सुरुवात गरेको कार्यक्रममा कोरोना संक्रमणको अवस्था, सचेतना तथा न्युनिकरणका विषयमा छलफल भएको बताइएको छ । झापा गाउँपालिकासँग सिमा जोडिएको नगरको ग्रामिण क्षेत्रमा रहेको वडा नंं. ५ साथै वडा नं. ४ मा पहिलो चरणको कार्यक्रम संचालन भएको नगर प्रमुख पोखरेलले बताएका छन् । सम्बन्धित वडाका वडाअध्यक्षबाट सहजीकरण भएको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ सहित कार्यपालिका सदस्य सावित्रा बर्देवा लगायत वडासमितिका सदस्यहरुको समेत सहभागिता रहेको बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कोरोना संक्रमणको अवस्थाका बारेमा आफ्नो अनुभव सुनाउँदै सहभागीहरुलाई कोरोना संक्रमणको त्रासबाट निराश नबन्न अनुरोध गरेका छन् । हाल सम्म कनकाई नगर क्षेत्रमा कोरोनाका कारण २९ जनाको निधन भएको जानकारी गराउँदै नगर प्रमुख पोखरेलले निधन हुनेहरु मध्ये केही दीर्घरोगी र बुढ्यौलीको मुख्य कारण रहेको जानकारी दिएका छन् ।

संक्रमणकालिन अवस्थामा निराश भएर आत्मबल कमजोर बनाउँनु भन्दा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै वडावासीमा सचेतना जगाउँने कार्यमा थप सक्रिय रहन नगर प्रमुख पोखरेलले टोलसमितिका पदाधिकारीलाई सुझाव दिएका छन् । वडामा स्वयंसेवकका रुपमा क्रियाशिल रहेका टोलसमितिका पदाधिकारीहरु साथै समाजमा अग्र भागमा रहेका विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुलाई समेत कोरोना विरुद्धको खोप लगाउँने कार्यमा चासो राख्न नगर प्रमुख पोखरेलले सुझाव दिएका छन् ।

कोरोना संक्रमणलाई न्युनिकरण गर्ने कार्यमा अन्य पालिकाको तुलनामा कनकाई नगरपालिकाले कुनै पनि कन्चुस्याईँ नगरेको प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले कोरोनाका कारण हुने मृत्युलाई पूर्ण रुपले रोकथाम गर्ने कार्यमा नगरमा क्रियाशिल राजनितीक दल, सरोकारवाला विभिन्न संघसंस्था, समाजसेवी, उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, संचारकर्मी सबैमा विशेष अनुरोध गरेका छन् ।

विभिन्न उमेर समुह र सेवा क्षेत्रमा रहेका नगरवासीकालागि विभिन्न चरणमा आएको कोरोना विरुद्धको खोप नगरपालिकाबाट वितरण भइरहेको बताउँदै नगर प्रमुख पोखरेलले नगरवासीकालागि खोप अनिवार्य गर्न माथिल्लो निकायसँग आँफूले पहल गरिरहेको बताएका छन् । एकैपटकमा खोपको मात्रा धेरै नआउँने भएकाले विभिन्न चरणमा आएको सिमित खोपलाई क्रमिक रुपले वितरण गर्दै लगेको नगर प्रमुखले प्रष्ट पारेका छन् ।

कनकाई नगरको वडा नं. ५ मा २४ वटा साथै वडा नं.४ मा १५ वटा क्रियाशिल टोल समितिका संयोजकहरुको उपस्थितिमा सम्बन्धित वडा कार्यालयमै संचालन भएको अन्तरक्रियामूलक कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरपालिकाको स्वास्थ्य सेवाका विषयमा केही संचार माध्यम मार्फत उठेका सवालको समेत जवाफ दिएका छन् । कनकाई नगरवासी सहित आसपासका सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रविधिसहितको विशेषज्ञ सेवा संचालनकालागि आवश्यक पूर्वाधारको व्यवस्थापनमा रहेको नगर अस्पताल संचालन हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको प्रतिक्रिया दिँदै नगर प्रमुख पोखरेलले भ्रमको पछि नलाग्न सम्बन्धित सबैलाई अपिल गरेका छन् । कनकाई नगरपालिकाको नेतृत्वमा जोकोही पनि आउँन सक्छ तर मानवीय स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य अस्पताल सबै पक्ष र समुदायको साझा सम्पत्ति भएकाले यसलाई राजनितीकरण नगर्न नगर प्रमुखले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

टोल समितिसँग भएको अन्तरक्रियामूलक वडा नं.५ को कार्यक्रममा वडाअध्यक्ष कृष्णवहादुर राईले सहजीकरण गरेका थिए । कार्यक्रममा वडास्तरीय टोल विकास संस्थाका संयोजकहरु प्रदिप उप्रेती, गंगाराम अधिकारी, तिलकवहादुर बस्नेत, गोविन्द कार्की, डिल्लीराम उप्रेती, छत्रबहादुर चौहान, तपनकुमार मण्डल, वडाका सहजकर्ता सुरेशकुमार गौतम लगायतले आ—आफ्नो धारणा राखेका थिए ।

त्यस्तै नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द पौडेलले सहजीकरण गरेको कार्यक्रममा वडास्तरीय टोलविकास संस्थाका संयोजकहरु दुर्गाप्रसाद चापागाईँ, डिल्लीराम भुर्तेल, ईन्द्रध्वज कार्की, खगेन्द्र अधिकारी, बुद्धिप्रसाद सुवेदी, नेत्रप्रसाद भट्टराई लगायतले नगरप्रमुख र उपप्रमुखलाई वडामा भएका समस्याका बारेमा आ—आफ्नो धारणा राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.